काठमाडौं, असोज १४ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बाग्मती प्रदेशमा सरकार परिवर्तन गर्न गरिएको प्रस्तावप्रति आपत्ति जनाएका छन्।
‘पार्टीको आगामी महाधिवेशनलाई लक्षित गरी अढाइ महिनाका लागि कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषय अस्वीकार्य छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
यसअघि एमाले नेतृत्वको बाग्मती प्रदेश सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन एकिकृत समाजवादी पार्टीलाई प्रस्ताव गरिएको थियो।
सङ्घीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरू र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? कोइरालाले प्रश्न गरेका छन्।
Facebook Comments


























