साउन १६ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच भेटघाट भएको छ। उनीहरुले शनिबार सिंह निवास चाक्सीबारीमा भेटघाट गरेका हुन्।
यो भेटघाटमा तीन नेताले आगामि महाधिवेशनबारे छलफल गरेको सिंहनिकट एक नेताले फरकधारलाई बताएका छन्।
यसअघि पनि यी तीन नेताले एकअर्कासँग लन्च मिटिङ गरेका थिए। आगामि महाधिवेशनमा तीनै जनाले सभापतिमा उम्मेदवारी दिने दाबी गरिरहेको समयमा यी तीन नेताको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यसअघि भेटपछि यी तीनले आफूहरुमध्ये एक जनाले सभापतिमा उम्मेदवारी दिने अभिव्यक्ति दिएपछि त्यसले नेपाली कांग्रेसमा नयाँ तरंग सिर्जना गरेको थियो।
Facebook Comments


























