साउन १६। स्पेनको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको पहिलो क्वाटरफाइनलमा आइभरी कोस्टलाई अतिरिक्त समयमा ५-२ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो।
स्पेनको जितमा राफा मिरले ह्याट्रिक गरे। यस्तै डानिल ओल्मो र मिकेल ओयार्जाबलले एक एक गोल गरे। आइभरी कोस्टका एरिक बिली र म्याक्स ग्राडेलले एक एक गोल फर्काए।
रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेटको समय २-२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। स्पेन सन् २००० पछि पहिलो पटक ओलम्पिकको सेमिफाइनलमा पुगेको हो। एजेन्सी
Facebook Comments


























