काठमाडौं, साउन १४ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन्। पौडेललाई प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शपथग्रहण गराएका हुन्।
आफ्नो शपथग्रहण लगत्तै उपाध्यक्ष डा.पौडेलले प्रधानमन्त्री देउवाको उपस्थितिमा आयोगका सदस्यहरू रामकुमार फुयाल र दिलबहादुर लिम्बू गुरूङलाई शपथग्रहण गराए।
शपथ समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव शिशिर ढुंगाना, प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल र धनराज ज्ञवाली, राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीलगायत उपस्थित थिए।
Facebook Comments


























