साउन १४ । अमेरिकामा आज शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ।
स्थानीय समयानुसार भूकम्प दिउँसो सवा २ बजे गएको बताइएको छ। सामुद्रिक क्षेत्रमा भूकम्प गएको बताइएको छ। अहिलेसम्म कुनै मानवीय र भौतिक क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन्। भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। एजेन्सी
Facebook Comments


























