काठमाडौं, असार २७ । एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठकमा सहभागी अर्थमन्त्री विष्णु पौडेल बैठकस्थलबाट बाहिरिएका छन्।अर्को बैठकमा सहभागी हुनका लागि मन्त्री पौडेल केहीबेरका लागि बाहिर निस्केको उनको सचिवालयले जनाएको छ।
एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज बिहानैदेखि अर्थ मन्त्रालयमा बसेको छ। केहीबेरअघि एमाले नेता घनश्याम भुसाल समेत बैठक छाडेर वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न निस्किएका थिए।
उनी फर्किएपछि शुरु भएको कार्यदलको बैठकमा विवाद समाधानका लागी सदस्यहरुबीच छलफल जारी छ।
Facebook Comments


























