काठमाडौं, जेठ १६ । संसद विघटनसम्बन्धी मुद्दामा आइतबारका लागि बहस सकिएको छ। रिट निवेदक पक्ष र सरकारी वकिलहरुले आइतबार संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस गरे। आइतबार यस विषयमा दुबै विषयमा दुबै तर्फको बहस सकिएको छ। तर मुद्दाको तथ्यमा छलफलनै नभएकाले हेर्दाहेर्दैमा राखिएको छ।
संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ नेकपा विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने इजलासमा रहेका कारण अहिले उनले संसद विघटनको मुद्दा हेर्न नहुने रिट निवेदक पक्षका वकिलले बताएका छन्। तर सरकारी वकिलले त्यसको प्रतिवाद गरेका छन्।
संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाईका लागि तोकिएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमुकुमार श्रेष्ठ रहेका छन्।
Facebook Comments


























