असोज ८ । असोज ११ गतेदेखि दसैँका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बिक्री खुला हुने भएको छ।
यातायात व्यवस्था विभागले असोज ११ गतेदेखि अग्रिम टिकट बिक्रि खुला हुने जानकारी दिएको हो।
बिभागका प्रवक्ता लोकनाथ भुसालले प्रवक्ता भुसालले यही असोज ११ गतेदेखि दसैँका लागि अग्रिम टिकट बिक्री खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्ने निर्णय भएको बताए। बसको टिकट अनलाइनमा काट्ने व्यवस्था मिलाउन प्रयास भइरहेको पनि उनले जानकारी दिए।
Facebook Comments


























