काठमाडौं, जेठ ८ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संविधान मन नपराउनेको गोटी बनेको टिप्पणी गरेको छ।
मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा भएपछि प्रचण्डको सचिवालयले यस्तो टिप्पणी गरेको हो।
प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमा स्टाटस लेख्दै १४९ बहुमत सांसदहरुको हस्ताक्षरसहितको नयाँ सरकार बनाउने स्पष्ट विकल्प हुँदाहुँदै संविधानको धज्जी उडाउँदै र जनमतको अपमान गर्दै संसद विघटन गरिएकाले यसको प्रतिवाद गर्नु पर्ने उनले बताएकी छन्।
Facebook Comments


























