जेठ ८ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अँध्यारो सुरूङमा धकेलेको बताएका छन्।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछि थापाले ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन्।
‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यही र यत्तिमै रोकिने वाला छैन,’ थापाले ट्वीटमा भनेका छन्, ‘नेतागण ! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’
Facebook Comments


























