काठमाडौं, बैशाख १७ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ।
आयोगले हेटौंडा उपमहानगरपालिका वडा नं.४ स्थित भुटनदेवी मा।वि।लाई मतदान स्थल तोकी उक्त मतदान स्थलमा प्रदेश सभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकेको सहसचिव एवम् आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।
यसैगरी आजै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको आयोगले जनाएको छ।
Facebook Comments


























