चितवन, बैशाख १७ । चितवनमा गैंडाको आक्रमणबाट एक जना घाईते भएका छन्। घाईते हुनेमा भरतपुर महानगरपालिका-३ बारघरे बस्ने ६५ बर्षिय बुद्धवल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
आज बिहान साढे ८ बजे नगरवनमा घांस काट्ने क्रममा गैंडाले आक्रमण गरेको हो। गैंडाको आक्रमणबाट घाईते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























