काठमाडौं, असार १४ । कोरोना महामारीका कारण अफ्रिकामा समस्यामा परेका नेपालीको ‘उद्धार’ ३ जुलाइमा गरिने भएको छ।
नाइजेरियामा कार्यरत एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापाका अनुसार ३ जुलाइ बिहान १ बजे इथोपियाको अदिस अबाबाबाट कतार एयरबेजको क्युआर १४४८ नम्बरको चार्टर्ड जहाजले पहिलो उडान भर्नेछ।
थापाले नेपाल फर्कन इच्छुक इथोपिया तथा अन्य नजिकका देशहरुमा रहेका नेपालीलाई २ जुलाइसम्म अदिस आइपुग्न अनुरोध गरेका छन्। यसरी फर्कन चाहाने नेपालीहरुले इजिप्टस्थित नेपाल दूतावासमा सम्पर्क राख्न भनिएको छ।
थप उद्धार उडान नाइजेरिया, केन्या र युगान्डा, कङ्गो र दक्षीण अफ्रिकाका लागि पनि पहल भइरहेको उनले बताए।
Facebook Comments


























