बैशाख १३ । नेकपा एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकताका पक्षमा एक भएर उभिन पार्टीका सबै नेतारकार्यकर्तालाई आह्वान गरेका छन्।
मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका पोखरेलले कम्युनिस्ट नेता मनमोहन अधिकारीको २३औं स्मृति दिवसका अवसरमा सोमबार बिहान विज्ञप्ति जारी गरी पार्टी एकताका पक्षमा जोड दिएका हुन्।
नेपालको विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्व बनाउन नेता अधिकारीको महत्त्वपूर्ण भूमिका भएको उल्लेख गर्दै उनले उनका आदर्श, सिद्वान्त र मूल्यरमान्यता आज पनि उत्तिकै अनुकरणीय भएको बताएका छन्।
‘सरल, शालीन र सादगी जीवन नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान् गुणहरू हुन्,’ उपप्रधानमन्त्री पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,’
‘अधिकारीले नेपालको विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेल्नुभएको थियो,’ विज्ञप्तिमा पोखरेलले भनेका छन्, ‘आजको यस विशेष दिनले नेकपा ९एमाले० का सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु।’
पोखरेल २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका प्रमुख राजनीतिक सल्लाहकार थिए। २०५१ सालमा प्रधानमन्त्री निर्वाचित अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिस्ट पार्टी (एमाले) र कम्युनिस्ट आन्दोलनले विशाल रूप लिएको पोखरेलले उल्लेख गरेका छन्।
पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ वैशाख १३ गते निधन भएको थियो। अधिकारीको स्मृति दिवसमा एमाले र मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने गरे पनि कोरोना महामारीका कारण यसपटक त्यस्तो समारोह आयोजना गरेको छैन।



























