मकवानपुर, बैशाख १३ । हेटौँडामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१३ मा सोमबार बिहान एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
फेला परेको शव स्थानीय ३२ वर्षीय जमानसिंह मोक्तानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दि। मोक्तानको शव सडकबाट एक सय मिटरभित्र बाँझो बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राज कुमार सापकोटाको टोली पुगेको र शवको मुचुल्का उठाउन काम भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए।
मृतक मोक्तानको मृत्यु के कारणले भएको हो भन्ने खुल्न सकेको छैन। शवलाई हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।


























