काठमाडौं, बैशाख १३ । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर छ। आइतबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ।
चाँदीको मूल्य पनि आज स्थिर रहेको छ। चाँदीको मूल्य आज पनि प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
Facebook Comments


























