बैशाख २२,
आफ्नो बच्चालाई स्वीकार गर्न नमानेको त्यसमाथि अस्पतालमा होहल्ला गरेको भन्दै मेडिसिटी अस्पतालले उजुरी गरेपछि पूर्वसांसद गायत्री साहलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार दिउँसो ४ बजे साह र उनका पति सन्तोषलाई पक्राउ गरेको ललितपुर प्रहरी परिसरका एसएसपी रवीन्द्र सिंह धानुकले बताए।
‘गायत्री साहले अस्पतालमा होहल्ला गरेपछि उहाँलाई नियन्त्रणमा लिइएको छ,’ उनले सेतोपाटीसँग भने ‘बच्चा लिन अस्वीकार गरको भन्दै मेडिसिटिले उजुरी पनि दिएको थियो। हामीले त्यसपछि अदालतबाट पक्राउ पूर्जी लिएर उहाँलाई पक्राउ गरेका हौं।’
पक्राउ पर्नुअघि साहले मेडिसिटी अस्पतालविरूद्ध प्रदर्शन गरेकी थिइन्।
Facebook Comments