काठमाडौं, असार ९ । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा आज चार सयले घटेको छ।
सोमबार छापावाल सुन प्रतितोला ९१ हजारमा कारोबार भएकोमा आज सोही परिमाणको पहेँलो धातुको मूल्य ९० हजार ६०० कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला तेजाबी सुनको मूल्य ९० हजार १६० कायम भएको छ भने सोही परिमाणको चाँदी ९४० मा खरिदबिक्री भइरहेको छ।
बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो।
Facebook Comments


























