काठमाडौं, बैशाख ४ । प्रमुख विपक्षी नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट चाँडो पास गराउन सरकारलाई आग्रह गरेको छ। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा कांग्रेसले एमसीसी नरोक्न आग्रह गरेको हो।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएको बेला सम्झौता भएको एमसीसी पारित हुनुपर्ने धारणा आफूहरुले राखेको बताए।
पौडेलले भने–हामीले आफ्नो कुरा प्रष्टसँग राखेका छौं। एमसीसी शेरवहादुरजीको पालामा भएको हो। त्यसमा आपत्तिजनक कुरा छन् भने छलफल गरौं। होइन भने संसदबाट पास हुनुपर्छ भन्ने हाम्रो कुरा हो। कांग्रेसले कोभिड संक्रमण बढेको भन्दै नियन्त्रणका लागि लकडाउन बाहेकका विकल्प सोच्न सरकारलाई आग्रह गरेको पौडेलले बताए।
Facebook Comments


























