काठमाडौं, बैशाख ४ । बजाज पल्सर ट्राइनेसन ट्वान्टी-२० को उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पहिलो फिल्डिङको निर्णय गरेका हुन्।
एक वर्षभन्दा लामो ग्यापमा नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको हो। त्यसमाथि नेपालले हाइ प्रोफाइल प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा पहिलो प्रतियोगिता खेल्न लागेको हो।
Facebook Comments


























