काठमाडौं, फागुन २३ । नेकपा (ओली समूह) का प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेशले नेकपाभित्र जारी विवादलाई सकारात्मक ढंगले समाधान गर्न बाटो खुलेको प्रतिक्रिया दिएका छन्। सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि ज्ञवालीले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘सर्वोच्चको फैसलाले नेकपाभित्र जारी विवादलाई सकारात्मक ढंगले समाधान गर्न र नयाँ शिराबाट एकता गर्न बाटो खुलेको छ,’ प्रवक्ता ज्ञवालीले भने, ‘जुन एकता ठोस नीतिमाथि आधारित होस। सही विचारमाथि आधारित होस।’
प्रवक्ता ज्ञवालीले बस्तुगत आधारमा एकतालाई नयाँ ढंगले अगाडि बढाउन सर्वोच्चको आदेशले ढोका खुलेको बताए।
Facebook Comments


























