काठमाडौं, फागुन २३ । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से घटेको छ। नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने होटेल र टुरिजम तथा जलविद्युत समूहबाट अरु सबै सवइन्डेक्स ओरालो लागेपछि अन्ततः बजार घटेको हो।
होटेल र टूरिजमको वृद्धिमा आज चन्द्रागिरी हिल्सको योगदान रहृयो। यो कम्पनीको सेयर मूल्यमा भने ९.९२ प्रतिशतको वृद्धि देखिएको छ। सेयर कारोबार मापक नेप्से परिसूचक २१.५८ अंकले घटी २४८५ विन्दुमा आएको छ। यो ०.८६ प्रतिशतको गिरावट हो।
आइतबार कुल कारोबार ५ अर्ब १० लाख रुपैयाँको मात्र भयो। पछिल्ला दिनमा कुल कारोबार रकममा भारी गिरावट देखिएको छ। अघिल्लो साताको अन्तिम दिन बिहीबारको तुलनामा आज करवि १ अर्ब रुपैयाँले कारोबार रकम घटेको छ।
Facebook Comments


























