अर्घाखाँची, असार १८ । अर्घाखाँचीमा ८९ जना कोरोना संक्रमणमुक्त भइ घर फर्किएका छन्।
आइसोलेसनमा बसेका ८९ जनाको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। सन्धिखर्क नगरपालिकामा रहेको रविचित्र मावि हटारीनेटामा रहेको आइसोलेसनबाट ५१ जना, शितगंगा नगरपालिकामा रहेको ज्योति माविको आइसोलेसनमा रहेका ३८ जना गरी ८९ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए।
उनीहरुलाई दुई हप्ता होम क्वरेण्टीनमा बस्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए। अर्धाखाँचीमा तीन सय १२ जना कोरोना सङ्क्रमित छन्। दुई जनाको ज्यान गएको छ।
Facebook Comments


























