काठमाडौं, फागुन १० । नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्व सांसद एकनाथ रानाभाटको निधनप्रति सभापति देउवाले दुख व्यक्त गरेका छन्। सभापति देउवाले रानाभाटको निधनप्रति दुख व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनमा उनले पुर्याएको योगदानको पार्टीले सधैँ मुल्यांकन गर्ने बताए।
सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले भनेका छन्, “हार्दिक श्रदाञ्जली एकनाथजी। नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद एकनाथ रानाभाटको निधनको खवरले निकै स्तव्ध भएको छु। लोकतन्त्र प्राप्तिको आन्दोलनमा तपाईले खेलेको भूमिकाको पार्टीले सधै उच्च मुल्यांकन गर्नेछ। तपाईको आत्माको चीरशान्तिको कामना गर्दै यस दुखद समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।”
Facebook Comments


























