फागुन १० । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भोली अस्पताल भर्ना हुने भएका छन्। आइतबार उपचारका लागि भारत गएका डा.भट्टराई भोली (मंगलबार) अस्पताल भर्ना हुने भएका हुन्।
भट्टराईका प्रेस सल्लाहकार विश्वद्विप पाण्डेका अनुसार भट्टराईले आज आफ्नो स्वास्थ्य समस्याबारे चिकित्सकसँग परामर्श गरेका छन्। अस्पताल भर्ना भएपछि भट्टराईको थप स्वास्थ्य परीक्षण हुनेछ। स्वास्थ्यमा समस्या देखिएपछि डा.भट्टराई उपचारका लागि भारतको नयाँदिल्ली पुगेका छन्।
Facebook Comments


























