चितवन । सोमबार जिल्ला प्रहरी कार्यालय चितवनले अवैधरुपमा ल्याउँदै गरेको नदीजन्य पदार्थसहित पाँच ट्रयाक्टर र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। मंगलबार भरतपुर महानगरपालिकाको वडा नम्बर ११ बाट ती सवारीसाधन नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ना ७ ख २९७५, ना ८ ख ४३७९, ना ७ ख ३७८२, ना ६ ख २२७०, ना ६ ख ६७२७ नम्बरको ट्रयाक्टर र बागमती प्रदेश ०३–००१ क ०८६५ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएको हो। नियन्त्रित सवारीसाधनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
Facebook Comments


























