काठमाडौं, फागुन १ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजानका लागि प्रतिनिधिसभा विघटन गरेको एकपछि अर्को गर्दै पुष्टि हुँदै गएको बताएका छन्।
कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३ गतेको प्रदर्शनमा सहभागी हुनका भिडियो अपिल जारी गर्दै उनले सरकारका पछिल्ला काम कारवाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने उद्देश्यले संसद भंग भएको पुष्टि हुँदै गएको बताए।
नेता पौडेलले सरकार एकपछि अर्को गर्दै निरकुशंतातर्फ पाइला चाल्दै गरेकाले कडा रुपमा प्रतिकार गर्नुपर्ने बताए। संसद भंग गर्नु सामान्य विषय नभएको भन्दै पौडेलले मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्न लोकतन्त्रवादीहरु सशक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको बताए।
Facebook Comments


























