पुस, १६ ।
अमेरिकी आर्मीले कार्यालय प्रयोजनका लागि उपयोग हुने मोबाइल फोन निरन्तर चर्चित हुँदै गएको एप्लिकेशन टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। सुरक्षाको कारण देखाउँदै कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइलमा टिकटक प्रतिबन्ध लगाएको हो।
चिनियाँ कम्पनी बाइटेडान्सको स्वामित्वमा रहेको टिकटक पछिल्लो समय अमेरिका र अरु देशमा निगरानीको घेरामा आएको छ। अमेरिकी आर्मीका लेफ्टिनेन्ट कर्णेल रोबिन ओचोआले अमेरिकी सञ्चारमाध्यमसँग टिकटकलाई ‘साइबर धम्की’ का रुपमा लिइएको बताएका छन्।
टिकटकमा प्रयोगकर्ताले छोटो अवधिको भिडियो आफैले एडिट गरेर पोस्ट गर्न पाउँछन् र यस्ता भिडियो प्रायः गरी व्यंग्यात्मक तथा प्रतिकात्मक हुने गरेका छन्।
विश्वभर आधा अर्ब भन्दा बढी प्रयोगकर्ता छन् टिकटकका। टिकटकका प्रयोगकर्तामा अधिकांश किशोरकिशोरी तथा युवाहरु छन्। उनीहरुले १५ सेकेण्डसम्मको भिडियो पोस्ट गर्न पाउँछन्। एजेन्सी ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











