फागुन १ । विश्वभर एप्पल वाचका प्रयोगकर्ता १० करोड नाघेका छन्। एबभ एभालोनको एक रिपोर्ट अनुसार २०१५ देखि २०२० को अन्त्यसम्म आउँदा एप्पल वाच बोक्ने प्रयोगकर्ताले नयाँ आँकडा पार गरेको हो।
एप्पल वाचका लागि सन् २०२० सबैभन्दा बढी प्रभावकारी बन्यो। यो वर्ष मात्रै ३ करोड नयाँ एप्पल वाचका प्रयोगकर्ता बने, जुन संख्या २०१५, २०१६ र २०१७ का प्रयोगकर्ता जोड्दा पनि धेरै हो। कुल आईफोन प्रयोगकर्तामध्ये १० प्रतिशतले एप्पल वाच प्रयोग गर्ने गरेको सो रिपोर्टमा उल्लेख छ। एजेन्सी
Facebook Comments


























