काठमाडौं, माघ २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद् विघटनले जनता मतको अपमान भएको बताएका छन्। नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज आयोजित ‘वर्तमान राजनीतिक अवस्था संवैधानिक सङ्कट, यसको निकास र आजको अवस्था’ विषयक विचार गोष्ठीमा उहाँले पाँच वर्ष सरकार चलाउन जनमत पाएका पार्टीको सरकारले संसद् विघटन गर्नु गलत भएको आरोप लगाए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संसद् विघटन संविधानको मर्म विपरीत भएको तर्क गर्दै सो कार्य कांग्रेसलाई स्वीकार्य नहुने बताए। उनले सरकारको पछिल्लो कदम सच्चिनुपर्ने समेत बताए।
नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले सर्वोच्च अदालतले संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए। संविधान विद् डा.विपीन अधिकारीले संविधानमा संसद् विघटन प्रजातन्त्र र संविधानको मूल्य मान्यतालाई सर्वोच्च अदालतले रक्षा गर्नुपर्ने बताए ।


























