काठमाडौं, माघ २९ । नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले रामकुमारी झाँक्री पक्राउको निन्दा गर्दै ओली नेतृत्वको सरकारको तानाशाही प्रवृत्ति उदाङ्गो भएको प्रतिक्रिया दिएका छन्।
प्रतिनिधिसभा विघटन गरेर सुरू गरेको तानाशाहीकरणलाई अहिले पुनः नेकपा नेतृ झाक्रीलाई पक्राउ गरी सरकारले वाक स्वतन्त्रामाथि अंकुश लगाउने काम गरेको बताए। उनले नेतृ झाक्रीको गिरफ्तारी सरकारको तानाशाहीकरणको अर्को प्रक्रिया भएको समेत बताए।
Facebook Comments


























