काठमाडौं, माघ १२ । नेकपा केपी शर्मा ओली समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीमा भएको फेरबदलका विषयमा निर्वाचन आयोगले गरेको निर्णय सकारात्मक भएको बताएका छन्।
सोमबार धुमबाराहीमा आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले निर्वाचन आयोगले पार्टी कसैले फुटाउन सक्दैन भन्ने पुष्टि गरेको बताए। ‘हामी निर्वाचन आयोगले गरेको निर्णयलाई सम्मान गर्छौं। सकारात्मक लिएका छौ। हामी पार्टी फुटको पक्षमा रहेनौं’, पोखरेलले भने, ’हामीले कसैलाई पनि कारबाही गरेनौं। आयोगको निर्णयले चाहेर पनि नेकपा फुटाउन सक्दैन भन्ने पुष्टि गरेको छ।’
पोखरेलले अब एकता कायम गरेर जानका लागि कात्तिक २८ गतेको सचिवालय बैठकमा पुष्पकमल दाहाल प्रचण्डले राखेको अभियोगपत्र फिर्ता लिनुपर्ने बताए। त्यस्तै घोषित निर्वाचनमा सहभागी हुनुपर्ने पनि बताए।
Facebook Comments


























