दाङ, माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू असफल भए पनि देश असफल बनाउन नहुने बताएकाछन्।
दाङको देउखुरीमा वृहत् जनसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले विकसित र समृद्ध देश निर्माणका लागि अधिकतम प्रयास गरिरहेको बताए। उनले शिक्षा, सडक, विद्युत्, खानेपानी, सिँचाइका क्षेत्रमा सरकारले उल्लेख्य काम गरेको उल्लेख गरे। ‘देशलाई आधुनिक र विकसित बनाउन सक्छौं,’ प्रधानमन्त्रीको भनाइ थियो।
नेपालमा कसैको पनि भोकैले मृत्यु नहुने दोहोर्याउँदै सरकारले सडक मानवमुक्त मुलुक बनाएको बताए।
Facebook Comments


























