काठमाडौं, माघ १२ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी कृष्ण पहाडीसहितका दुई दर्जन अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका सभापति पहाडीसहितका दुई दर्जन व्यक्तिहरु पक्राउ गरिएको हो।
उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको, राज्य शक्तिको दूरूपयोग गरेको भन्दै अधिकारकर्मीहरू पनि आन्दोलित छन्। पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर बैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेपछि त्यसको चौतर्फि विरोध हुँदै आएको छ।
Facebook Comments


























