काठमाडौँ,पुस, १६ ।
नेपाली कांग्रेसभित्रको विवाद झनझन् चर्किँदै गएको छ। १४औँ महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र बढेको असमझदारी दिनदिनै बढ्दै जाने सम्भावना देखिएको हो।
शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरको बहिस्कारबीच महत्वपूर्ण निर्णय गरेपछि दुवै समूह सभापति शेरबहादुर देउवाविरुद्ध एक जुट भएर लाग्ने निष्कर्षमा पुगेको हो।
शुक्रबारको बैठकले पार्टीको १४औँ महाविधेशन अर्को वर्ष फागुन पहिलो हप्तामा गर्ने, पार्टीका विभागलाई २८ बाट ४१ पुर्याउने, तरुणदलको कार्यकाल थप्ने लगायका निर्णय लिएको थियो।
सभापति देउवाले एक पक्षीय ढंगले गरेको निर्णय नसच्चिएसम्म केन्द्रीय कार्यसमितिको बैठकमै सहभागि नहुने अडान पौडेल पक्षले लिएको छ। देउवाले बिहीबार राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउन बैठक बोलाएका छन्।
बुधबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेल पक्षका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले बिहीबारको केन्द्रीय समितिको बैठकमा नजाने र सभापतिको कमदविरुद्ध एक जुट एभर लड्ने घोषणा गरे।
सिंहले भने, ‘अस्तिको बैठकबाट भएका निर्णयहरु सच्याइएन भने हामी केन्दीय समिति बैठकमा सहभागी हुँदैनौँ भनेर स्पस्टसँग भनिसकेका छौँ। यसमा हामीले के भनेका छौँ भने प्रजातान्त्रिक पार्टीभित्र अलोकतान्त्रिक तरिकाले निर्णय हुँदासम्म बैठकमा जाने भन्ने हुँदैन।’
वार्ता टोली संयोजकसमेत रहेका सिंहले वार्ता सहमित नजिक पुगेका बेला सभापतिले एकतर्फी ढंगले निर्णय गरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए।
‘प्राजातान्त्रिक पार्टीभित्र नहुने निर्णय भएको छ। त्यसलाई सच्याउन दबाब दिनका लागि हामीले पार्टीभित्र अभियान चलाउने भएका छौँ। हामीहरुबीचमा कतिपय अवस्थामा अन्तरंग सम्बन्ध, व्यक्तिगत सम्बन्धहरु पनि छन्।’
सभापतिको कदमविरुद्ध लड्न भन्दै पौडेल पक्षले आफू पक्षिय जिल्ला सभापतिहरुको भेलासमेत बोलाइसकेको छ।