काठमाडौं, पुस २६ । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलो पटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दैछन्। दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउने उनको सचिवालयले जनाएको छ।
बैठकमा प्रतिनिधिसभा विघटन गर्नु पर्ने बाध्यता र वैशाखको मध्यावधि चुनाव तोकिएकै मितिमा घोषणा हुनेमा प्रधानमन्त्री ओलीले आश्वस्त पार्ने तयारी गरेको स्रोतले जनाएको छ। प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ। यद्यपि त्यसलाई निर्वाचन आयोगले वैधता दिइसकेको छैन।
Facebook Comments


























