पुस २६ । इन्डोनेसियाको विमान दुर्घटनास्थलमा उद्धारकर्ताहरू प्रस्थान गरेका छन्। ६२ जना सवार श्रीविजाया एअरको बोइङ्ग ७३७ विमान शनिबार दुर्घटनामा परेको राजधानी जाकार्ता नजिकको आइल्याण्डतर्फ उद्धाकर्ताहरू प्रस्थान गरेका हुन्। जकार्ताबाट पोन्तिएनाकका लागि उडान भरेको बिमानमा ६२ जना सवार थिए।
राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडरको सम्पर्क बाहिर गएको बिमान दुर्घटनाग्रस्त भएको स्थान आसपास १० वटा पानी जहाज पठाइएको छ। साथमा नेभी डाइभर पनि रहेको बीबीसीले जनाएको छ। एजेन्सी
Facebook Comments


























