पुस २० । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा अहिले होबर्ट हुरीकेन्स र मेलबर्न स्टार्सबीच प्रतिस्पर्धा भईरहेको छ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबर्टले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ।
मेलबर्नविरुद्ध सन्दीप प्लेइङ-११ मा परेका छन्। सन्दीप लगातार दोस्रो खेलमा प्लेइङमा परेका हुन्। मेलबर्नविरुद्ध नै शनिबार डेब्यु गरेका सन्दीपले २ विकेट लिएका थिए। मेलबर्न सन्दीपको पूर्व क्लब समेत हो। लिगमा होबर्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। मेलबर्नलाई हराएर होबर्ट दोस्रो स्थानमा उक्लन चाहन्छ।
यस अघिको भेटमा होबर्टले मेलबर्नलाई २१ रनले हराएको थियो। मेलबर्न पनि होबर्टविरुद्ध अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ। मेलबर्न ६ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
Facebook Comments


























