चितवन २० पुस । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले तत्कालीन राजा ज्ञानेन्द्र शाहले चालेकाे असाेज १८ र माघ १९ लाई असंवैधानिक कदम र कु भनेर आन्दाेलन गरेकाे पुस्ताले केपी ओलीले गरेकाे संसद विघटनलाई सही भन्न नसक्ने बताएकी छन्। साेमबार बिहानै फेसबुकमा स्टाटस लेख्दै मेयर दाहालले लेखेकी छन्, ‘पात्र को छ भनेर होइन, घटना के हो भनेर दृष्टिकोण बनाउनुपर्छ।’
हरेक मानिस आफ्नो निर्णय लिन स्वतन्त्र रहेकाेले घरमा विवाद भयो भनेर घरै डढाउने कार्य कदापी सही नभएकाे उनकाे भनाइ छ। पार्टी र देश संकटमा रहेको बेला रमिते बन्ने कि कर्ता बनेर संकटका विरुद्ध जुट्ने भन्ने कुराको फैसला पनि आफैले गर्नुपर्ने उनले बताइन्। ‘इतिहासको कुरुप पुनरावृत्ति भएकोले बेलैमा सोचौं र सही निर्णयका साथ मुलुक र जनताप्रतिको दायित्व इमान्दार बनी पूरा गरौं। धन्यवाद!’ उनले भनेकी छन्।
उनले नेकपा दाहाल-नेपाल समूहका अगुवा कार्यकर्ता भेलाकाे लागि केन्द्रीय नेताहरु भीम रावल, याेगेश भट्टराई र रामकुमारी झाँकीले सम्बाेधन गर्ने कार्यक्रममा उपस्थित हुन सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्दै यस्ताे स्टाटस लेखेकी हुन्।

Facebook Comments


























