मुम्बई, साउन ४ । अभिनेता सलमान खान र अभिनेत्री करीना कपूर खानको फिल्म ‘बजरंगी भाईजान’लाई बलिउडकै एउटा उत्कृष्ट फिल्म मानिन्छ।
सन् २०१५ मा रिलिज भएको यो फिल्मले बक्सअफिसमा ३ सय २० करोड रुपैंयाँ बढी कलेक्सन गरेको थियो। फिल्म रिलिजको अहिले ६ वर्ष पुरा भएको छ। फ्यानहरु फिल्मको सिक्वेल अर्थात ‘बजरंगी भाईजान २’को माग गरिरहेका छन्।
फिल्म ‘बाहुबली’का लेखक केवी विजयेन्द्र प्रसादले आफूले केही समय अघि ‘बजरंगी भाईजान २’को कथा सलमानलाई बताएको खुलाएका छन्। ‘कथा सुनेपछि सलमान उत्साहित भएका छन्। तर म यसलाई अगाडि बढाउनका लागि एउटा उपयुक्त साधनको खोजीमा छु’, उनले भनेका छन्।
उनले सलमानसँग आफूले आकस्मिक भेटेको र आफूलाई फिल्मको सिक्वेलको बारेमा बताउदा सलमानले ‘एक राम्रो विचार’ भनेको स्मरण गरे।
सलमान हाल अभिनेत्री कटरीना कैफका साथ फिल्म ‘टाइगर–३’को सुटिङ गरिरहेका छन्। फिल्मको निर्देशन मनीष शर्माले गरेका छन्। फिल्ममा इमरान हासमी प्रमुख भिलेनका रुपमा छन्। दैनिक भास्कर


























