सविता अधिकारी। ११ चैत, चितवन। विज्ञहरू भन्छन, कोरोना भाइरसका कारण क्वारेन्टाइनमा रहेका देशहरूमा हावाको गुणस्तर सुधार हुँदैछ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका तस्वीरहरूमा स्पष्ट छन्, फेब्रअरीमा नाइट्रोजन डाइअक्साइड NO2 को एकाग्रता चीनको वुहानमा घटेको छ, यो कोभिड–१९ महामारीको केन्द्रबिन्दु हो। NO2 मुख्यतया सवारी साधन, उद्योग र थर्मल पावर स्टेसन आदिबाट उत्पादन हन्छ।
चीनले संकटको सामना पार गर्यो। तथापि, यूरोपियन अन्तरिक्ष एजेन्सीद्वारा भर्खर लिएका तस्वीरहरूले NO2 उत्सर्जनमा पुनरुत्थान देखाउँदछ। उत्तरी इटालीकोे पनि उल्लेखनीय कटौती देखिएको छ, इटाली कोरोना भाइरसको फैलावट रोक्नको लागि लक डाउनमा छ।
युरोपेली वातावरण एजेन्सीको रिपोर्टअनुसार बार्सिलोना र म्याड्रिडमा पनि यस्तै परिवर्तन भएको छ। स्पेनिश अधिकारीहरूले मार्चको मध्यमा लक डाउनको आदेश दिएका थिए। विशेषज्ञहरूले अन्य देश वा क्षेत्रहरू, जसले आफ्ना बासिन्दालाई घरमै सीमित रहन भनेका छन्, मा पनि पहिलेको तुलना व्यापक रूपमा हावाको गुणस्तरमा सुधार आएको बताएका हुन्।
विशेष गरी अर्जेन्टिना, बाभेरिया, बेल्जियम, क्यालिफोर्निया, फ्रान्स र ट्युनिसियामा उक्त तथ्यांकलाई प्रवृत्ति मिल्दो छ कि छैन भनेर अध्ययन गरिरहेका छन्।