काठमाडौं, पुस १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ। मन्त्रिपरिषद पुनर्गठनसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पुगेका मन्त्री त्रिपाठीलाई रादूतव क्वात्राले मन्त्रालयमा पुगेर बधाई तथा कार्यकालको शुभकामना दिएका छन्।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध विस्तार तथा सहकार्यकाबारेमा पनि कुराकानी भएको बताइएको छ।
Facebook Comments


























