काठमाडौं, पुस १६ । उखु किसानको रकम भुक्तानी नगर्ने लुम्बिनी चिनी मिलका ‘सञ्चालक’ मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा अग्रवाललाई वीरगञ्जबाट पक्राउ गरेको हो।
पक्राउ परेका अग्रवाललाई पश्चिम नवलपरासी पठाइने महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए। चिनी मिल सुशीला गोयलका नाममा दर्ता भए पनि सबै कारोबार अग्रवालमार्फत् हुने गरेको जनाइएको छ। पक्राउ परिसकेपछि उखु किसानलाई दिन करिब अग्रवालले १ करोड रुपैयाँ जम्मा गरिसकेका छन्। अग्रवालले करिब १७ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ।
Facebook Comments


























