काठमाडौं, पुस १२ । लिभिङ विथ आईसीटीको आयोजनामा वर्षेनी आयोजना हुँदै आइरहेको आईसीटी अवार्डको पाँचौं संस्करण शनिबार राजधानीमा सम्पन्न भएको छ। ह्वावे आईसीटी अवार्ड २०२० नाम दिइएको यस कार्यक्रममा विभिन्न ११ विधा र जुरी मेन्सन सहित १२ प्रतिस्पर्धीलाई अवार्ड प्रदान गरिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, मन्त्रालयका सचिव हरि बस्याल, पूर्वमन्त्री गणेश साह, योजना आयोकका सदस्य डा। रामकुमार फुँयाल, हुवावे नेपालका सिईओे ज्याङ जियोजिङ लगायतले विजेतालाई अवार्ड प्रदान गरेका थिए।आईसीटी अवार्ड २०२० मा राइजिङ स्टुडेन्ट प्रोजेक्ट ‘सञ्चै छौ’देखि डिजिटल गभर्नेन्स उत्कृष्ट संस्था आन्तरिक राजश्व विभागससम्मले अवार्ड प्राप्त गरेका थिए।
पायोनियर आईसीटी अवार्ड निलकण्ठ उप्रेतीले प्राप्त गरे भने आन्ट्रप्रेनियर अवार्ड विनय वोहोराले पाए। यसैगरी वुमन आइकन आईसीटी अवार्ड तिमिला यमीले प्राप्त गरिन् भने नेपाली डायस्पोरा आईसिटी अवार्ड गौरवराज उपाध्यायले पाए।
एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आईसीटी अवार्ड पाइला रिसेसिएटरले प्राप्त गरेको थियो भने स्टार्टअप आईसीटी अवार्ड क्रिप्टोजेन नेपालले प्राप्त गरेको छ। प्रडक्ट आइसीटी अवार्ड सिपिएफडिएस र जुरी मेन्सन आईसीटी अवार्ड हाम्रो स्वास्थले प्राप्त गरेको छ।
ह्वावे नेपालले प्रमुख ४ क्याटगरी स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड र एनसेल इन्नोभेसन आईसीटी अवार्डका टप फाइभ विजेताहरुलाई ह्वावे क्लाउड सेवा उपलब्ध गराउनेछ।
एनसेलले इन्नोभेसन विधाका विजेतालाई ३ लाख रुपैँया रकम पनि उपलब्ध गराएको छ। नेपाल टेलिकमले सबै विजेतालाई फाइबर, जिनस सोलुसनले ५ हजार डलर बराबरको क्रेडिट, ईसेवाले विजनेश प्रवद्र्धन निःशुल्क गरेका छन्।
अवार्ड कार्यक्रममा सम्वोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले प्रविधि क्षेत्रका विज्ञहरुको रोष्टर बनाएर वृहतरुपमा प्रविधिको विस्तार र डिजिटल नेपालको अभियानलाई सफल बनाउन चाहेको बताए।
अब सूचना प्रविधिले राजनीति सफा गर्नुपर्ने बेला आएको भन्दै अवार्डले नेपाली इन्नोभेसनदेखि सरकारी सस्थााई समेत अगाडि बढ्न प्रोत्साहन गरेको मन्त्री गुरुङको भनाइ थियो।


























