चितवन । भरतपुरस्थित ओम शान्ति एकेडेमीले विधार्थीहरुका लागि स्मार्ट हाजिरी प्रयोगमा ल्याउने भएको छ। उक्त प्रविधिमार्फत विद्यार्थी विद्यालय पुगे/नपुगेको जानकारी हरेक अभिभावकले मोबाइलबाटै थाह पाउन सकिने विद्यालयले जनाएको छ। कुनै पनि विद्यार्थी विद्यालयबाट घर फर्कँदा पनि त्यसको जानकारी अभिभावकले प्राप्त गर्न सक्नेछन्।
अभिभावकले आफ्नो छोराछोरीको निगरानी घरबाटै गर्न सकिने भएकोले यो प्रविधिको प्रयोग अत्यन्त उपयोगी हुन सक्ने एकेडेमीका सह-प्राचार्य राजीव चालिसेले बताए। उक्त प्रविधिको प्रयोगबारे विद्यालयले अध्यापन सफ्टवेयरका गोपालभक्त अधिकारीसँग मंगलबार सम्झौता गरेको हो।
Facebook Comments