फागुन १८ । एनसेल आजियाटा लिमिटेडले सस्तो मूल्यको डेटा प्याक सार्वजनिक गरेको छ। कम्पनीले आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको हो।
यसका साथै नन्स्टप युट्युब अफर अन्तर्गतको एउटा अल टाइम डेटा प्याकको भोलुम पुरानै मूल्यमा दोब्बर बनाइएको छ। नयाँ अल टाइम डेटा प्याकमा सात दिनको समयसीमा रहेको पाँच जीबी अल टाइम डेटाको मूल्य कर सहित १२५ रुपैयाँ रहेको छ।
त्यस्तै नन्स्टप युट्युब प्याक अन्तर्गत कम्पनीका ग्राहकले कर सहित १४७ रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न मिल्ने चार जीबी अल टाइम डेटा, भाइबर मेसेजिङका लागि छुट्टै ५०० एमबी डेटा र नन्स्टप युट्युब प्रयोग गर्न पाउनेछन्। यसअघि ग्राहकले युट्युब प्याकमा पुरानै मूल्यमा दुई जीबी अल टाइम डेटा पाउँदै आएका थिए।
अब यो भोलुम बढाएर चार जीबी पुर्याइएको छ। यी प्याकहरू मङ्गलबारदेखि सञ्चालनमा ल्याइएका हुन्। ग्राहकले *१७१२३# डायल गरी नयाँ पाँच जीबी अल टाइम डेटा प्याक सुरु गर्न सक्नेछन्।
त्यस्तै ग्राहकले नन्स्टप युट्युबसँग बन्डल गरिएको चार जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर मेसेजिङ डेटा बन्डल पनि *१७१२३# डायल गरी प्राप्त निर्देशन अनुसार लिन सकिनेछ। ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरू खरिद गर्न सक्छन् । यी प्याकहरूको मान्य अवधि सात दिनसम्म रहनेछ।

























