चितवन । उद्योग वाणिज्य संघ–चितवन र कम्प्युटर एसोसियसन अफ नेपाल चितवन शाखाको संयुक्त आयोजनामा व्यवसाय प्रवर्द्वनमा सूचना प्रविधि विषयक अन्तरक्रिया सम्पन्न भएको छ। राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिसको अवसरमा कार्यक्रम आयोजना गरेको हो।
व्यवसायलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले कार्यक्रम गरिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए। ‘अबको व्यवसाय प्रवर्द्वन हार्डवर्किङ्गबाट नेटवर्किङ्गमा प्रवेश गरिसकेको छ,’ उनले भने, ‘त्यसैले अबको व्यवसाय प्रविधिमैत्री हुनुपर्छ।’
करिब ८० जना व्यवसायीको सहभागीता रहेको कार्यक्रममा कम्प्युटर एसोसियसन अफ नेपालका कार्यकारीणी सदस्य भानु शर्मा, कानुनविज्ञ राजनराज पन्त, कम्प्यूटर एसोसियसन महासंघ चितवनका कार्यसमिति सदस्य ई.कृष्ण पोखरेलले प्रस्तुतिकरण दिएका थिए।
कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी, तृतीय उपाध्यक्ष शिरिष पन्त, कम्प्युटर एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष विष्णुप्रसाद लामिछाने, चितवन जिल्लाका अध्यक्ष सन्तोषजनक भुसाल, उद्योग वाणिज्य संघ–चितवका कार्यसमिति सदस्य, संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीको समेत उपस्थिति थियो।