काठमाडौं, पुस १२ । नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने स्पष्ट पारेकाछन्।
आइतबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उहाँले आपसी सहकार्य र अन्तर्क्रियाबाट समस्या समाधान गनुपर्ने जोड दिँदै आफ्नो तर्फबाट दबाव नहुने बताएकाहुन्। मन्त्री थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेकाछन्।
मन्त्री थापाले समृद्धिका लागि देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्ने बताए। स्थिरता र समृद्धिको बाहकको रूपमा स्थायी सरकार बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले समृद्धिका लागि देशमा राजनीतिक स्थायित्व आवश्यक रहेको बताए।
Facebook Comments


























