पुस १२ । इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। लेस्टरले घरेलु मैदान किङ पावरमा बराबरी खेलेको हो। युनाटेडका मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे। लेस्टरका हार्वे बार्नेसले एक गोल फर्काए भने एक गोल उपहार पाएको थियो। एक्सेल टुआनजेवेले आत्मघाती गोल गरेपछि खेलमा २–२ को बराबरी भएको हो।
यो बराबरीसँगै युनाइटेडले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। लेस्टरले १५ खेलबाट २८ अंक जोडेको छ। युनाइटेडले १४ खेलमा २७ अंक जोडेको छ। प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलको ३१ अंक छ। एजेन्सी
Facebook Comments


























