पुस १२ । प्रिमियर लिग फुटबलमा चेल्सीमाथि आर्सनलले सहज जित निकालेको छ। शनिबार राति इमिरेट्स मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो।
प्रिमियर लिगको पछिल्ला ७ खेलमा विजयी हुन नसकेको आर्सनलले चेल्सीलाई सहजै हराएको हो। पहिलो हाफमै २–० को अग्रता लिएको आर्सनलले दोस्रो हाफको सुरूवातैमै ३-० को अग्रता बनाएको थियो। आर्सनलका अलेक्जेन्ड्रे लाकाजेटले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ग्रेनिट जाकाले फ्रि–किकमार्फत शानदार गोल गर्दै खेल नियन्त्रणमा राखेका थिए।
बुकायो साकाले दोस्रो हाफको सुरुवातमै आर्सनललाई ३–० को अवस्थामा पुर्याए। खेल सकिन ५ मिनेट अघि चेल्सीका टमी अब्राहमले गोल गर्दै हारको अन्तर घटाउने प्रयास गरेका थिए। जितसँगै आर्सनल १७ अंक जोड्दै तालिकाको १४औँ स्थानमा उक्लिएको छ। एजेन्सी
Facebook Comments

























